
धादिङ । मन्त्री भएदेखि नै सकारात्मक काममा चर्चामा रहेका माओवादी केन्द्रका पोलिट ब्यूरो सदस्य एवम् नेपाल सरकारका पर्यटन, संस्कृति, नागरिक उड्डयनमन्त्री सुदन किराती फागुन १ गते धादिङको नेत्रावती डवजोङ गाउँपालिका स्थित सेमजोङ गैरा आउने भएकाछन् ।
शास्त्र हराए संस्कृति हराउँछ, संस्कृति हराए जातित्व हराउँछ, जातित्व हराए अस्तित्व हराउँ छ भन्ने स्लोगनका साथ फगुन १ गते सेमजोङ गैरामा हुन लागेको शिविर दिवस, छ्योर्तेन राख्ने, विश्व शान्ति पूजा समापन तथा सोनाम ल्होछार शुभकामना आदान प्रदान एवम् बृहत साँस्कृतिक कार्यक्रमको साथ गुम्बा शिलान्यास कार्यक्रमको लागि मन्त्री किराती सेमजोङ गैरा आउन लागेका हुन् ।
गैरा बौद्ध गुम्बाको आयोजनामा हुने उक्त कार्यक्रममा चर्चामा रहेका कलाकारहरु मनमाया वाईवा, आरम्भ तामाङ, सुनिता वाईवा लगायत स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती रहने गुम्बाका अध्यक्ष पन्चा बहादुर गुरुङले धादिङपोष्टलाई बताए ।
