धादिङ-कास्की टी २० सिरिजका लागि खेलाडी छनोट

Avatar photo
Dhadingpost
माघ २५, २०७९

धादिङ । जिल्ला क्रिकेट संघ धादिङले फागुन १३ र १४ गते दुई दिन कास्की सँग पोखरामा ३ खेल खेल्न खेलाडी छनोट गरेको छ । गत शनिबार चन्द्रोदय मावि विशालटारको खेल मैदानमा छनोट प्रतियोगिता गरी खेलाडी छानिएको अध्यक्ष दिपेश कडेलले बताए ।

छनोट खेलमा नआएका धादिङबाट प्रदेशमा राम्रो प्रदर्शन गरेका श्याम त्रिपाठी र स्वाप्निल अधिकारी यो धादिङ कास्की बीच हुने ३ खेलको टी २० सिरिज पर्न सकेनन् । छनोट खेलमा ३२ जना सहभागि थिए । राम्रा र नयाँ उत्पादनलाई जोड दिन यो सिरिजमा केहि नयाँ खेलाडीलाई स्थान दिन लागेको टिम कोच उदय थापाले धादिङपोष्टलाई बताए ।

यो छनोट, कास्की सँग खेल्ने ३ खेलका लागि हो । अन्य खेलका लागि पनि हामी यसैगरि छनोट गर्छौ अहिले टिममा नपरेका र छनोटमा आउन नसकेका खेलाडीहरुलाई निराश नहुन आग्रह गर्दै जिल्ला अध्यक्ष दिपेश कडेलले भने राम्रा खेल्ने खेलाडीलाई धादिङ क्रिकेट संघले सधैं स्पेश दिनेछ ।

धादिङबाट को-को छनोट भए
१. अमृत थापा, त्रिपुरासुन्दरी
२. कौशल रुपाखेती, धुनीबेसी
३. अमृत लम्साल, नीलकण्ठ
४. उज्वल थापा, गजुरी
५. अनिल थापा, गल्छी
६. आरम्भ तिमल्सिना, सिद्धलेक
७. एन्जल सिलवाल, बेनीघाट रोराङ
८. मनोज रोक्का, नीलकण्ठ
९. सुदिप घिमिरे, गजुरी
१०. प्रनित भट्ट, धुनीबेसी
११. सचिन श्रेष्ठ, ज्वालामुखी
१२. समिर तिमल्सिना, धुनीबेसी
१३. श्रीकृष्ण उपाध्याय, त्रिपुरासुन्दरी
१४. रविन्द्र नेपाल, गल्छी
बैकल्पित
१. विशाल थपलिया, त्रिपुरासुन्दरी
२. रुपेश भुजेल, गल्छी
३. विशाल गुरुङ, खनियाबास
४. अजित मिया, बेनीघाट रोराङ