
धादिङ । जिल्ला खेलकुद विकास समिति धादिङकाे अफिसका लागि सेमिनार हल सहितकाे भवन बन्ने भएकाे छ । यहि माघ २५ गते बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले भवनकाे शिलान्यास गर्ने कार्यक्रम रहेकाे छ ।
यस अघिकाे बागमती प्रदेश सरकारले १ कराेड विनियाेजन गरेर टेन्डर आव्हान गरेकाे थियाे । अहिले याे बजेटले भवनले पुर्णता पाउन सक्दैन तर याे काम हुँदै गर्दा बागमती प्रदेशले थप वजेट विनियाेजन गर्ने जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रतापसिंह तामाङले बताए ।

कार्यालय भवन अभाव, कर्मचारी अभाव (अहिले सम्म पनि कार्यालय सचिव राखेप/प्रखेपले नपठाउँदा खेल प्रशिक्षकले सचिवकाे कार्यवहाकाे जिम्मेवारी लिन वाध्य) भवनकाे समस्या अब छिट्टै हल हुने र कार्यसमितिकाे पुर्णता, कर्मचारीकाे पुर्णता र थप खेल प्रशिक्षकका लागि प्रदेश खेलकुद परिषद सकारात्मक रहेकाे अध्यक्ष प्रतापसिंह तामाङले बताउँछन् ।
धादिङ खेलकुदकाे अफिस भवन यस्ताे बन्दै छ



