गणित शिक्षा परिषद धादिङको एक दिने कार्यशाला सम्पन्न

Avatar photo
Dhadingpost
माघ २२, २०७९

धादिङ । धादिङमा नियमित रुपमा आफ्नो गतिविधि गर्दै आईरहेको गणित शिक्षा परिषद धादिङले शनिबार गणित शिक्षकहरुका लागि १ दिने अन्तरक्रिया तथा कार्यशाला सम्पन्न गरेको छ ।

कार्यक्रममा माध्यामिक पाठ्यक्रम (कक्षा ९ र १०) सँग सम्बन्धित विशिष्टकरण तालिका र प्रश्नपत्र निमार्ण सम्बन्धी छलफल तथा अन्तरक्रिया भएको गणित शिक्षा परिषद धादिङका सचिव उत्तम भट्टले धादिङपोष्टलाई बताए ।

धादिङबेसी स्थित क्रिक रिसोर्टमा आयोजित उक्त अन्तरक्रिया तथा कार्यशाला कार्यक्रममा दयाराम सिंखडाले सहजिकरण गरेका थिए । धादिङका १२७ जना गणित विषयका शिक्षकहरुको उपस्थिति रहेको थियो भने कार्यक्रमलाई रिडमोर पब्लीकशनको प्रायोजन रहेको थियो ।