नीलकण्ठ ८ ले टोल टोलमा बाढ्न थाल्यो, जेष्ठ नागरिक भत्ता

Avatar photo
Dhadingpost
माघ २०, २०७९

धादिङ । धादिङका अधिकांश पालिकाहरुमा अझै पनि लौरो टेकेर अस्वस्थ शरीर लिएर सामाजिक सुरक्षा भत्ता बुझ्न जानु पर्ने वाध्यता छ । चुनावको बेलामा टोल-टोलमा सामाजिक सुरक्षा भत्ता भनेर नारा कायम गरिए पनि बैकको कारण देखाउँदै चुनाव पछि विस्तारै उक्त नारा ओझेलमा परिरहेको बेला नीलकण्ठ नगरपालिकाले भने टोल-टोल मै सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको छ ।

नीलकण्ठ नगरपालिका वडा नम्बर ८ ले सुचना जारी गरेर सामाजिक सुरक्षा भत्ता टोल टोल मै पुगेर बाड्न थालेको छ । सूचनामा उल्लेख भए अनुसार नीलकण्ठ ८ ले आज ससाह र हटिया चौतारामा (देउरालीमा डी, नविस्टार, भदुवार, ससाह, ससाहडाँडा र ज्यामिर) मा रहेका जेष्ठ नागरिकहरुलाई भत्ता बाँडेका हो ।

वडा अध्यक्ष प्रकाश श्रेष्ठका अनुसार यस वडामा माघ २१ गते कृष्ण मन्दिर, बाहुन गाउँ र वडा कार्यालयबाट माघ २२ गते राष्ट्रिय वाणिज्य बैक धादिङ शाखाबाट सामाजिक सुरक्षा भत्ता वितरण गरिने छ ।