बेनीघाट रोराङमा वडा सचिवलाई भीपीएन जडान गर्न सिकाईयो

Avatar photo
Dhadingpost
माघ १८, २०७९

धादिङ । बेनीघाट रोराङले वडा सचिवहरुलाई भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन) जडान गर्न र एसको महत्वबारे सिकाएको छ ।

गाउँपालिकाको आयोजनामा आयोजित एक दिने अनुशिक्षण कार्यक्रममा भीपीएन जडान गर्न र यसको महत्वको विषयमा सूचना प्रविधि अधिकृत सिज पोखरेल र MIS Oprator गायत्री बिशुरालले सहजिकरण गरेका थिए ।

VPN के हो ?, VPN कसरी काम गर्दछ, VPN का लागि समर्थित प्लेटफार्महरू, VPN सुरक्षित छ ?, VPN का फाइदा, यो किन आवश्यक छ र यसले कसरी डाटा सुरक्षित गर्न मद्धत गर्छ भन्ने विषयमा सहजिकरण गरिएको गाउँपालिकाले जनाएको छ ।