गणित शिक्षा परिषद धादिङले माघ २१ गते गणित शिक्षकसँग अन्तरक्रिया गर्ने

Avatar photo
Dhadingpost
माघ १७, २०७९

धादिङ । धादिङमा नियमित रुपमा आफ्नो गतिविधि गर्दै आईरहेको गणित शिक्षा परिषद धादिङले यहि माघ २१ गते शनिबार गणित शिक्षकहरुका लागि १ दिने अन्तरक्रिया तथा कार्यशाला गर्ने भएको छ ।

गणित शिक्षा परिषद धादिङ सचिव उत्तम भट्टका अनुसार उक्त अन्तरक्रिया तथा कार्यशाला कार्यक्रममा माध्यामिक पाठ्यक्रम (९ र १०) र सो सँग विशिष्टीकरण वारेमा सहजीकरण गरिनेछ ।

कार्यक्रममा सहभागि हुन इच्छुक जिल्लाका सम्पूर्ण विद्यालयका गणित विषयका शिक्षकहरुलाई सहभागि हुन सकिने र सँग सम्बन्धित विषयमा अन्तरक्रिया गर्न सकिने उनले बताए ।