ब्रुसवाङका शिव चेपाङको घर आगलागीबाट पूर्णक्षेती

Avatar photo
Dhadingpost
माघ १७, २०७९

धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिका २ अन्तरगत पर्ने ब्रुसवाङका शिवबहादुर चेपाङको घर आगलागीबाट पूर्णक्षेती भएको छ ।

घरमा कोही नभएको बेला आईतबार बिहान ४ वर्षिय छोरा थिए उसले आगो खेलाउँदा घरमा आगलागी भएको र आगलागीबाट घर भित्र रहेका लत्ता कपाडा, अन्नपात सबै जलेर नष्ट भएको शिवबहादुर चेपाङले धादिङपोष्टलाई बताए ।

अहिले सम्म सहयोग पाएको छैन । छिमेकीको घरमा बस्दै आएका छौं । २ वटा बाख्रा आगलागीमा परेर मरे, ५ वटा गाई घाईते छन्, घाँस खान सकिरहेका छैनन् । सम्पत्तीको नाममा यी थिए । यो आपत्तीमा सहयोग गरिदिन शिवबहादुर चेपाङले आग्रह गरेका छन् ।