धादिङका मनोज गोर्खाली कोभिड हेरो अवार्डद्वारा सम्मानित

Avatar photo
Dhadingpost
माघ १२, २०७९

धादिङ । धादिङको बेनीघाट रोराङका मनोज गोर्खाली मलेसियाको क्वालालम्पुरमा चौथो सन्देश ईन्टरनेशनल सोसल अर्वाड कार्यक्रममा “(कोभिड हेरो अवार्ड-२०१९)”विधा तर्फ सम्मानित भएका छन् ।

एनआएनए मध्यपूर्वको संयोजक एवम् धादिङ अन्तराष्ट्रिय समाजका सल्लाहकार समेत रहेका मनोज गोर्खालीलाई क्रीयटिभ मिडिया एण्ड ईभेन्ट म्यानेजमेन्ट प्रालिले उक्त विधामा विगत १४ बर्ष देखी सामाजिक तथा परोपकारी अन्य क्षेत्रमा योगदान पुर्याए बापत योगदानको कदर स्वरूप सम्मान गरेको जनाएको छ ।

उक्त कार्यक्रममा विभिन्न २५ विधामा २५ जनालाई सम्मान प्रदान गरिएको थियो । सम्मानित हुने सबैलाई कार्यक्रमका प्रमुख अतिथि मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलले अवार्ड प्रदान गरेका थिए ।

क्रीयटिभ मिडियाका अध्यक्ष सुनिल खड्काले अवार्ड कार्यक्रम भव्य रुपमा सम्पन्न गर्ने सम्पूर्णलाई अध्यक्ष धन्यवाद ज्ञापन गरे । कार्यक्रममा चर्चित कलाकारहरू आनन्द कार्की, प्रीति आले, खेम सेन्चुरि, जेनिस उप्रेती, अञ्जली अधिकारी, प्रीति पासवान सहितको भव्य प्रस्तुति रहेको थियो ।