चिल्ड्रेनपार्कमा माघ ११ गते अन्तर विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिता

Avatar photo
Dhadingpost
माघ १०, २०७९

धादिङ । चिल्ड्रेनपार्क आवसीय माध्यमिक विद्यालयले आफ्नो २५ औँ वार्षिक उत्सव तथा रजत जयन्तीको अवसरमा विभिन्न कार्यक्रमहरु गरि रहेको छ । जस अन्तरगत माघ ११ गते नीलकण्ठ नगरपालिका भित्र रहेका विद्यालय स्तरीय लोक नृत्य गर्ने भएको छ ।

चिल्ड्रेनपार्कका प्रिन्सिपल शष्टी श्रेष्ठका अनुसार रजत जयन्तीको अवसरमा बजार सरसफाई, बृहत रत्तदानका कार्यक्रम सम्पन्न भैसकेका छन् भने माघ ११ गते अन्तर विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिता, बीबीएस, एसईई उत्रिर्ण विद्यार्थीलाई बधाई तथा विदाई र माघ १२ गते अभिभावक नृत्य सहित रजत जयन्ती समापन समारोह हुनेछ । आज सम्पन्न भएको रक्तदान कार्यक्रममा ६१ जना पुरुष र ४२ जना महिला गरी १ सय ३ जनाले रक्तदान गरेका थिए । फाईल तस्वीर