धुवाँकोटमा आज ल्होछार विशेष बृहत सांस्कृतिक कार्यक्रम हुने

Avatar photo
Dhadingpost
माघ ८, २०७९

धादिङ । तामाङ समुदायले नयाँ वर्षका रूपमा आज सोनाम ल्होछार मनाउँदै छन् । हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाइने सोनाम ल्होछार मनाउन सरकारले आज सार्वजनिक विदा दिएको छ । धादिङको नीलकण्ठ १४ धुवाँकोट माने भञ्ज्याङ स्थित जनआवाज खेल मैदानमा आज ल्होछार विशेष बृहत सांस्कृतिक कार्यक्रम हुने भएको छ ।

लामा रिन्जेन छ्यो डुब्लिङ गुम्बा समिती र जनआवाज युवा क्लवको संयुक्त आयोजनामा हुने उक्त ल्होछार कार्यक्रममा चर्चित म्हेन्दोमाया गायिका मिना लामा, सीता लामा, म्हेन्दोमाया क्षेत्रका चर्चित गायक राम गोम्जा, चर्चित मोडल निया तामाङ र देब दोर्जे तामाङ लगायतका कलाकारहरु आज धुवाँकोट माने भञ्ज्याङ आउने कार्यक्रम छ ।

नुवाकोट र धादिङको सिमानाको रमणिय स्थल धुवाँकोट माने भञ्ज्याङ स्थित जनआवाज खेल मैदान आज स्थानीय लामा तथा झाँक्री नाँचहरु घोडा नाँच, चेमा नाँच, लाली नाँच प्रर्दशनी सँगै बृहत सांस्कृतिक कार्यक्रममा हुने हुँदा सहभागीताका लागी आयोजकले सबैमा अनुरोध गरेको छ ।