
धादिङ । धादिङको पर्यटकिय संभावना बोकेको स्थान हो त्रिशुली नदी। काठमाडौं उपत्यकाबाट नजिक रहेको धादिङ भएर बगने त्रिशुली नदीमा र्याफ्टिङ गर्न लायक ठाउँ त्रिशुली नदी हो । दुई साता देखि यो त्रिशुलीको रंग फेरिएको छ ।
जस, जस्ले लिए पनि यतिबेला त्रिशुली सङ्लो बगेको देख्न सकिन्छ । हिउँदोको समयमा यहि अवस्थामा त्रिशुलीलाई राख्न सक्ने हो भने त्रिशुली र्याफ्टिङ हव बन्न सक्ने नकार्न सकिन्न ।
अवैधानिक रुपमा संचालनमा आएका क्रसर र फिरफिरे संचालनामा गृह मन्त्रालयले रोक लगाए सँगै त्रिशुली नदीको रंग बदलिएको हो । क्रसर र फिरफिरे संचालन बन्द हुँदा निमार्णका काम ठप्प भएको छ तर त्रिशुली नदीको किनारबाट यात्रा गर्ने जो कोहीले पनि यतिबेला वाह त्रिशुली भन्ने अवस्था भने पक्कै आएको छ ।
निमार्णका काम ठप्प हुने गरि क्रसर र फिरफिरे लामो समय सम्म बन्द गरिनु हुँदै हुँदैन । व्यवसायीले थेग्न सक्ने गरि तत्काल मापदण्ड शंसोधन गरि क्रसर र फिरफिरे संचालनमा ल्याईनु पर्छ तर मापदण्ड बन्दा त्रिशुली लगायतका नदीहरुको रंग यतावत रहने गरि बनाईनु आवश्यक छ । धादिङपोष्टका लागि तस्वीर सौजन्यः तिलक चेपाङ




