गोदार थापा समाज धादिङको अध्यक्षमा कृष्ण थापा चयन

Avatar photo
Dhadingpost
माघ ७, २०७९

धादिङ । धादिङ जिल्ला थाक्रे गाउँ पालिका ७ स्थित जुगेखोलाको बाल ज्योति एकेडेमीको प्राङ्गणमा गोदार थापा समाजको जिल्ला भेला भएको छ।

जिल्ला अध्यक्ष अमर ब. थापाको सभापति तथा केन्द्रिय अध्यक्ष कुबेर सिंह थापाको प्रमुख आतिथ्यतामा भएको जिल्ला भेलाले कृष्ण बहादुर थापाको अध्यक्षतामा १३ सदस्यीय जिल्ला तदर्थ समिती गठन गरेको छ ।

गोदार थापा समाजले अब नेपालको सबै जिल्ला हरुमा जिल्ला भेला गरि समिति गठन गर्ने, आफ्नो बंशजहरुको खोजतलास गर्ने, संरक्षण गर्ने, आफ्नो रितिरिवाज परम्परागत रुपमा संचालन गर्ने, कसैलाई पनि भेदभाव नगर्ने एजेण्डाहरु अघि सार्ने निर्णय समेत गरेको छ ।