धुवाँकोट मानेभञ्ज्याङमा माघ ८ गते ल्होछार विशेष सांस्कृतिक कार्यक्रम हुने, यी कलाकार आउँदै

Avatar photo
Dhadingpost
माघ ७, २०७९

धादिङ । धादिङको नीलकण्ठ १४ धुवाँकोट माने भञ्ज्याङ स्थित जनआवाज खेल मैदानमा भोली (माघ ८ गते) मञ्जुश्री सम्वत् २८५९ औँ ह्योइ तावर ल्हो बिरालो वर्ग सोनाम ल्होछार तथा बृहत सांस्कृतिक कार्यक्रम हुने भएको छ ।

लामा रिन्जेन छ्यो डुब्लिङ गुम्बा समिती र जनआवाज युवा क्लवको संयुक्त आयोजनामा हुने उक्त ल्होछार कार्यक्रममा चर्चित म्हेन्दोमाया गायिका मिना लामा, सीता लामा, म्हेन्दोमाया क्षेत्रका चर्चित गायक राम गोम्जा, चर्चित मोडल निया तामाङ र देब दोर्जे तामाङ आउने आयोजक संस्थाका डम्बर तामाङले धादिङपोष्टलाई बताए ।

नुवाकोट र धादिङको सिमानाम रमणिय स्थल धुवाँकोट माने भञ्ज्याङ स्थित जनआवाज खेल मैदान भोली स्थानीय लामा तथा झाँक्री नाचहरु घोडा नाँच, चेमा नाँच, लाली नाँच प्रर्दशनी सँगै बृहत सांस्कृतिक कार्यक्रममा हुने हुँदा सहभागीताका लागी आयोजकले सबैमा अनुरोध गरेको छ ।