
धादिङ । धादिङको बेनीघाट रोराङ स्तरीय माध्यामिक विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड तथा सहिद मजदुर स्मृति कप प्रतियोगिता आज दोस्रो दिन १९ वटा खेलहरु सम्पन्न भएका छन् । बाँकी सबै खेलहरु भोली हुने बताईएको छ ।
भोली फाईनलको दिन पुस ५ गते गाउँपालिकाका जनप्रतिनीधि /कर्मचारी र शिक्षकहरु बीच मैत्रिपुण फुटबल प्रतियोगिता हुने शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख बोधराज पाठकले बताए ।
दिनको १२ बजे उक्त मैत्रिपुर्ण खेल हुने बताईएको छ । हिजोदेखि जारी पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड तथा सहिद मजदुर स्मृति कप प्रतियोगितामा धेरै स्वर्ण पदक जित्ने विद्यालयले रनिङ शिल्ड आफ्नो साथमा राख्न पाउनेछ । बेनीघाट रोराङको पहिलो दिनको खेल अपडेट
दोस्रो दिनको खेल अपडेट







