मार्पाक प्रिमियर लिगको हरेक सस्करण राजाराम रिजालले प्रायोजन गर्ने

Avatar photo
Dhadingpost
माघ ३, २०७९

धादिङ । काठमाडौंमा हुँदै आएको मार्पाक प्रिमियर लिग (MPL) फुटसल प्रतियोगिताको अब हुने हरेक सस्करणको प्रायोजन युवा समाजसेवी राजाराम रिजालले गर्ने भएका छन् ।

धादिङ्ग जिल्लाको नेत्रावती डबजोङ्ग गाउपालिका, साबिक मार्पाक गाविसको नामबाट काठमाण्डौमा जारी मार्पाक प्रिमियर लिग (MPL) नामक फुटसल प्रतियोगिताको पुस ३० गते सम्पन्न छैटौ सस्करणको पुरस्कार बितरण कार्यक्रममा प्रमुख अतिथी राजाराम रिजालले उक्त घोषणा गरेका हुन् ।

जम्मा ६ वटा टिम सहभागी उक्त प्रतियोगिताको बिजेता टिम थला बन्न सफल भएको थियो भने बिजेता टिमले नगद, ट्रफि र मेडल प्राप्त गरेको थियो । उक्त प्रतियोगितामा मार्पाक सामुदायिक क्लबका अध्यक्ष सुदिप अधिकारी लगायतको उपस्थिती रहेको थियो ।

युवा समाजसेवी राजाराम रिजालले प्रयोजन गर्ने भएपछि मार्पाक प्रमियर लिगको सातौ सस्करणबाट हरेक महिना निरन्तर लिग गरिने लिग संयोजक फणिन्द्र गुरुङ्गले जानकारी दिए ।