बेनीघाट रोराङको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजबाट (तालिका समेत)

Avatar photo
Dhadingpost
माघ ३, २०७९

धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिकाले आजबाट अर्थात माघ ३ गतेबाट माध्यमिक बिद्यालयहरूका लागि स्थानीय तह स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड तथा चौथो सहिद स्मृति बृहत् खेलकूद प्रतियोगिता २०७९ संचालन गर्ने भएको छ ।

बेनीघाट रोराङका दुई निजि सहित १२ वटा माध्यामिक विद्यालयले भाग लिने खेल संयोजक देवराज घलानले बताए ।

बेनीघाट रोराङले स्थानीय तह स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड तथा चौथो सहिद स्मृति बृहत् खेलकूद प्रतियोगिता २०७९ को आज १० बजे मार्चपास र ११ बजे उद्घाटन गरिने गाउँपालिकाका शिक्षा शाखा प्रमुख बोधराज पाठकले धादिङपोष्टलाई बताए ।

यस्तो छ खेल तालिका