धुवाँकोट पात्लेमा सोनाम ल्होछार मनाईयो (फोटो फिचर)

Avatar photo
Dhadingpost
माघ २, २०७९

धादिङ । धादिङको नीलकण्ठ नगरपालिका १४ स्थित धुवाँकोट पात्लेमा तामाङ समुदायले सांस्कृतिक कार्यक्रम गरि भव्य रुपमा आज मञ्जुश्री सम्बत २८५९ औं ह्योइ (तावर) ल्हो (विरालो वर्ग) सोनाम ल्होछार मनाएका छन् ।

बिधार्थी उपकार संघ निलकण्ठ(१४,धुवाकोट, पात्लेले आयोजना गरेको उक्त कार्यक्रममा समाजसेवी बुद्धिलाल तामाङको प्रमुख आतिथ्यता रहेको थियो भने वडाध्यक्ष नवराज दुवाडीको विशेष आतिथ्यता, विभिन्न संघ संस्थाका प्रमुख एवम् प्रतिनीधिहरुको आतिथ्यता रहेको थियो ।

संघका पुर्व अध्यक्ष सोम्बोले तामाङ (अक्कल) को सभापतित्वमा भएको कार्यक्रममा मेहोन्दो मायाँ गायक आरम्भ तामाङ, गायीका सिता तामाङ, निशा पाख्रिन, रिविसा तामाङ लगायत कलाकारहरुले भरपुर मनोरञ्जन दिलाएका थिए ।

कार्यक्रममा सहभागि सबैलाई बिधार्थी उपकार संघल दिवा भोजको प्रवन्ध मिलाएको थियो । भने कार्यक्रम सफल बनाउनका लागि सहयोग गर्ने सहयोगिहरुलाई सम्मान गरिएको थियो ।