धुवाँकोटमा आज गोरु जुधाई र कृषि मेला हुने

Avatar photo
Dhadingpost
माघ १, २०७९

धादिङ । धादिङको नीलकण्ठ १४ स्थित धुवाँकोटमा आज गोरु जुधाई र कृषि मेला तथा हस्तकलाका सामाग्री प्रदशनी हुने भएको छ । संस्कृति संरक्षण तथा पर्यटन प्रवद्र्धन केन्द्र र भंगेरी युवा क्लबले धुवाँकोटले माघे संक्रातिको अवसरमा आज भंगेरी स्थानमा उक्त कार्यक्रमको आयोजना गर्न लागेको हो ।

विशेष गरेर धुवाकोटमा पर्यटन प्रवद्र्धन तथा स्थानीय उत्पादनको प्रवद्र्धनमा समेत सहयोग पुग्ने गरी विगतमा भन्दा झनै प्रभावकारी रुपमा गोरू जुधाई कार्यक्रम आयोजना गरिन लागिएको आयोजक संस्कृति संरक्षण तथा पर्यटन प्रवद्र्धन केन्द्रका अध्यक्ष शिवकुमार श्रेष्ठले बताए ।

गोरुको अवस्था हेरि ४ समुह बनाई १८ हल गोरु जुधाईने छ । जसमा पहिलो समुहको विजेता र उप विजेता गोरुधनीले क्रमस १२ हजार र १० हजार दोस्रो समुहको विजेता र उप विजेता गोरुधनीले क्रमस १० हजार र ८ हजार, तेस्रो विजेता र उप विजेता गोरुधनीले क्रमस ८ हजार र ६ हजार चौथो समुहको विजेता र उप विजेता गोरुधनीले क्रमस ४ हजार र २ हजार पाउने छन् ।

यस्तै आयोजकले प्रति गोरु १० केजी चामल र १ लिटर तेल गोरुधनीलाई प्रदान गरिने जनाएको छ भने कृषि मेला तथा हस्तकलाका सामाग्री पर्दशनीमा सहभागीहरुलाई प्रति स्टल १ हजार प्रदान गर्ने जनाएको छ ।