सल्यानटार गोल्ड कपको फाईनल आयोजक र रोयल सल्यानटार बीच हुने

Avatar photo
Dhadingpost
पुस ३०, २०७९

धादिङ । धादिङको त्रिपुरासुन्दरी १ सल्यानटार स्थित धादिङ चौरमा जारी प्रथम सल्यानटार गोल्ड कप–२०७९ को फाईनलमा आयोजक त्रिपुरासुन्दरी युवा समाज र रोयल सल्यानटार फुटबल क्लव बीच हुने भएको छ ।

आज भएको सेमिफाईनलमा यी दुबै टिमले पेनाल्टीमा आफ्ना प्रतिस्पर्धीहरुलाई पराजित गर्दै फाईनल भिड्ने भएका हुन । रोयल सल्यानटार फुटबल क्लवले डाडाँगाउँ बसेरी युवा क्लवलाई र आयोजक त्रिपुरासुन्दरी युवा समाजले गणेशथान युवा समाजलाई पराजित गर्दै फाईनलमा पुगेका हुन् । यस प्रतियोगितामा प्रथम हुने टिमले १ लाख ५५ हजार ५५५ र उपविजेता टिमले ६६ हजार ६६६ पुरस्कार पाउने छन् ।

माघेस क्रान्तिको अवसरमा आयोजित यस प्रतियोगिताको समापन धादिङका संघीय सांसद रामनाथ अधिकारीले गर्ने आयोजक संस्थाका विष्णुहरि उप्रेतीले बताए । फाईनल लग्गतै त्रिपुरासुन्दरी गाउँपालिकाको सहआयोजनामा त्रिपुरासुन्दरी युवा समाज सल्यानटारले त्रिपुरासुदरी गाउँपालिका भित्र रहेका स्कुलहरुबीच नृत्य प्रतियोगिताले सँगै राष्ट्रिय कलाकारहरुको प्रस्तुति सहित प्रथम सल्यानटार गोल्ड कपमा समापन गरिने उप्रेतीले बताए ।

x