बागमतीको सभामुखमा तीन जनाको उम्मदवारी

Avatar photo
Dhadingpost
पुस २८, २०७९

हेटौंडा । काठमाडौं । बागमती प्रदेशसभाको सभामुख पदका लागि आज जनाको उम्मेदवार मनोनयन दर्ता भएको छ भने उप सभामुख पदका लागि कुनै पनि उम्मेदवारी परेन ।

प्रदेशसभाको सभामुख पदको लागि सत्ता गठबन्धनको तर्फबाट राप्रपाका भुवन कुमार पाठक उम्मेदवारी दर्ता गराएका छन् भने नेपाली कांग्रेसको तर्फबाट धादिङका शिवराज अधिकारी र भक्तपुरबाट नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को तर्फबाट सृजना सैजुले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रदेशसभा सचिवालयका सचिव खड्काका अनुसार, सभामुखका लागि उम्मेदवारी दर्ता गराएका राप्रपाका पाठकको प्रस्तावकमा नेकपा एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया र समर्थकमा नेकपा माओवादी केन्द्रका युवराज दुलाल, कांग्रैसका अधिकारीको प्रस्तावकमा कुन्दन काफ्ले र समर्थनमा रामकृष्ण चित्रकार, नेककिपाकी सैजुको प्रस्तावकमा गीता काफ्ले र समर्थनमा सुरेन्द्रराज गोरसाईँ रहेका छन् ।

सत्ता गठबन्धनको तर्फबाट प्रदेशसभाको उपभामुख पद एमालेको भागमा परेको थियो । उपसभामुखका निम्ती नेतृ भारती पाठकलाई उम्मेदवारी दर्ताको लागि एमालेले निर्देशन गरेको थियो । पार्टी निर्देशन विपरित उनले मन्त्री पद पाउनुपर्ने दावी गरेपछि उपसभामुख पदमा आज उम्मेदवारी दर्ता हुन सकेन ।

उक्त उपसभामुख पदको निर्वाचन भोलि पुस २९ गते सभामुखको निर्वाचन सकिएलगतै बस्ने बैठकले निर्वाचनका कार्यतालिक सार्वजनिक गर्ने सहमति गरिएको निर्वाचन अधिकृत तथा प्रदेशसभाका सचिव कृष्णहरि खड्काले बताए ।