सल्यानटार गोल्ड कप अन्तरगत आज पुस २८ गते हुने खेलहरु

Avatar photo
Dhadingpost
पुस २८, २०७९

धादिङ । धादिङको त्रिपुरासुन्दरी १ सल्यानटार स्थित धादिङ चौरमा प्रथम सल्यानटार गोल्ड कप–२०७९ जारी छ । प्रतियोगितामा २२ टिम सहभागि छन् । माघ १ गते सकिने यस प्रतियोगिताको पहिलो चरण अन्तरगत हिजो पुस २७ गते ७ खेलहरु सम्पन्न भएका थिए भने, आज पुस २८ गते ६ खेलहरु हुने छन् ।

त्रिपुरासुन्दरी युवा समाजले आयोजना गरेको यस प्रतियोगितामा प्रथम हुने टिमले १ लाख ५५ हजार ५५५ र उपविजेता टिमले ६६ हजार ६६६ पुरस्कार पाउने छन् ।

आज पुस २८ गते हुने खेलहरु
बिहान ८ः०० बजे, सल्यानटार युनाइटेड सोसाइटी VS गणेशथान युवा क्लब ‘A’
बिहान ९ः०० बजे, ABC मुलपानी VS आयोजक B
बिहान १०ःबजे, गोलाङ युथ क्लव VS आयोजक C
मध्यान्न १२ः३०, सल्यानटार FC vs Royal सल्यानटार 
दिउँसो २ बजे, आयोजक A vs सल्यानटार Kfc
दिनको ३ः३० बजे, डाँडागाउँ (बसेरी)  vs PYC मुलपानी

x