
धादिङ । ३२ औं प्याब्सन दिवसको अवसरमा प्याब्सन धादिङद्धारा तीन दिने एथलेटिक्स प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको छ । प्याब्सनसँग आवद्ध विद्यालयहरुको खेलकुद शिक्षकलाई एथलेटिक्स सम्बन्धि तीन दिने प्रशिक्षण दिएको हो ।
पुष २२ गतेदेखि २४ गतेसम्म गलौदी खेल मैदान एथलेटिक्स प्रशिक्षक धनीराम चौधरीद्धारा प्रशिक्षण गराइएको थियो । उक्त प्रशिक्षण कार्यक्रममा सहभागी शिक्षकहरुलाई आज ३२ औं प्याब्सन दिवसको अवसरमा प्रमाण–पत्र वितरण गरिएको थियो ।
समापन समारोहमा प्रमुख अथिति धादिङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रतापसिङ तामाङद्धारा सहभागी शिक्षकहरुलाई प्रमाण – पत्र वितरण गरिएको थियो ।
प्याब्सन धादिङ अध्यक्ष विनोदमान श्रेष्ठको सभापत्तित्वमा केन्द्रिय व्याब्सनका पूर्व उपाध्यक्ष तथा प्याब्सन धादिङका संस्थापक अध्यक्ष शान्तविक्रम बानियाँ , पूर्व केन्द्रिय सदस्य तथा पूर्व अध्यक्ष नवराज ओझा, उपाध्यक्ष दिनेश भट्ट, कोषअध्यक्ष सञ्जिव गजुरेल, प्याब्सन सदस्यहरु भिमबहादुरु श्रेष्ठ, कल्पना शिल्वल, आँचल श्रेष्ठको उपस्थितिमा संस्थाका सचिव रामहरि अधिकारी ज्यूले कार्यक्रम संचालन गरेका थिए ।
