म मन्त्री बन्दिन -सांसद बुद्धिमान

Avatar photo
Dhadingpost
पुस २४, २०७९

धादिङ । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष एवम् धादिङका सांसद बुद्धिमान तामाङले आफु मन्त्री नबन्ने बताएका छन् । प्रचन्ड नेतृत्वको सरकारलाई राप्रपाकाे समर्थन छ, राप्रपा सरकारमा जाँदा पनि आफु मन्त्री नबन्ने उनले बताए ।

राप्रपा धादिङले आयाेजना गरेकाे बधाई तथा शुभकामना कार्यक्रमका प्रमुख अतिथि समेत रहेका बुद्धिमान तामाङले अब मलाई मन्त्री हुने रहर छैन, आफु पञ्चायत, प्रजातन्त्र, गणतन्त्र गरि ३ वटै व्यवस्थामा ७ पटक मन्त्री भैसकेकाे छु । आफ्नाे कार्यकालमा उल्लेख काम पनि भए तर अब मन्त्री बन्ने पालाे अन्य माननियकाे उनले भने ।

राप्रपा धादिङले शनिबार एक विशेष कार्यक्रमका बीच नवनिर्वाचित सांसदहरु बुद्धिमान तामाङ, बिना लामा र डम्वर तामाङलाई बधाई तथा सुभकामना दिएको थियाे । उक्त कार्यक्रममा राप्रपा केन्द्रिय कार्यसम्पादन समिति सदस्य ठाकुर शर्माकाे समेत आतिथ्यता रहेकाे थियाे ।