धादिङ: पेले स्मृति मैत्रिपूर्ण फुटसलमा स्वास्थ्यकर्मीको जित

Avatar photo
Dhadingpost
पुस २३, २०७९

धादिङ । जिल्ला अस्पताल धादिङले विश्व फुटबलको सर्वकालीन महान (सर्वश्रेष्ठ) खेलाडी पेलेको स्मृति तथा सम्मानमा आयोजना गरेको मैत्रिपूर्ण फुटसल प्रतियोगिता सम्पन्न गरेको छ ।

स्वास्थ्यकर्मी र पत्रकार बीच भएको उक्त मैत्रिपूर्ण प्रतियोगिताको जित आयोजक धादिङ अस्पतालका स्वास्थ्यकर्मीहरुले नै हात परेका छन् । जितका लागि स्वस्थ्यकर्मीहरुले ९ गोल गरेका थिए भए पत्रकार टिमले ६ गोल गरेका थिए ।

जिल्ला अस्पताल धादिङका अध्यक्ष राजाराम रिजालको अध्यक्षतामा भएको उक्त प्रतियोगिताको प्रमुख अतिथि एवम् पत्रकार महासंघ धादिङ शाखाका अध्यक्ष राजाराम रिजालले जिल्ला अस्पतालको स्वास्थ्यकर्मीहरुको एकता अस्पताल भित्र होस् वा अतिरिक्त क्रियाकलापमा लोभलाग्दो रहेको बताएका थिए ।