
वि.स. २०५५ सालबाट भुमिगत जीवन सुरुगरेका डम्बर श्रेष्ठ (दिनेश) को आज स्मृति दिवस । उनलाई माओवादी भएकै कारण २०५८ साल पुस १९ गते सेनाले हत्या गरेको थियो ।
नीलकण्ठ नगरपालिका खाल्टे फ्याक्से निवासी डम्बर श्रेष्ठ (दिनेश)माओवादीको पूर्णकालिन भएको १ वर्ष पछि २०५६ मा इलाका सदस्य बनेका थिए । सुरुमा कलाकारितामा काम गरेका डम्बर पछि जनमुक्तिसेनामा कार्यरत हुन पुगे सँगै धादिङको दार्खा चौकी, नुवाकोटको तारुका चौकी, काउले धादिङको एम्बुस लगाएत धेरै फौजी कार्वाहीमा उनी सहभागि हुने मौका पाएका थिए ।
यसरी भएको थियो उनको हत्या
धादिङको फौजी र गैह्र फौजी कार्बाहीमा दिनेशले धेरै प्राविधिक र फौजी तालिम लिएपछि उनीको जिम्मेवारी रसुवा जिल्ला पर्यो । दिनेको खोजीमा रहेको सरकारी सेनाले दिने रसुवा सरुवा भएको जानकारी प्राप्त गर्नासाथ खटाएको सुराकीले दिनेश बसेको गाउँ सुराक गरिदिएपछि उहाबसेको वस्तीमा आई घेराहाली गिरफ्तार गरी रसुवाको आमाछोदिङमो गाउँपालिका ३ गत्लाङको मान्चेत सैनिक ब्यारेकमा लगी चरम यातना पछि वि.स. २०५९ साल पुष १९ गतेको दिन निसस्त्र दिनेशलाई तात्कालिन सेनाले हत्या गरेको थियो ।
