सिद्धलेक स्थित सलाङमा मगर पुरेत तालिम सुरु

Avatar photo
Dhadingpost
पुस १६, २०७९

धादिङ । धादिङको सिद्धलेक गाउँपालिका ३ स्थित सलाङमा ७ दिने मगर पुरेत तालिम सुरु सुरुभएको छ ।

गाउँपालिकाको सहयोगमा जारी तालिमको सहजिकरण दुर्गा बहादुर मगरले गरेका छन् । तालिममा २० जना सहभागि छन् ।

मगर शब्दको ‘वापा’ अर्थात ‘पुरेतगुरु’ । जसलाई ‘भुषाल’ पनि भनिन्छ । मगर जातिमा भाञ्जा नै पुरेत हुन्छन् । भाञ्जा अधिकार प्राप्त पुरेत हुन् । जन्मदेखि मृत्युसम्मका हरेक कार्जेमा पुरेत अर्थात् भाञ्जाको भूमिका सबैभन्दा बढी हुन्छ ।