
धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिकाले सामुदायिक विद्यालयका शिक्षकहरुको लागि ४ दिने वेशिक कम्प्युटर सम्बन्धी तालिम दिन सुरु गरेको छ ।
शिक्षकलाई कम्प्युटर सम्बन्धी आधारभूत ज्ञान तथा सूचना प्रविधि सम्बन्धी ४ दिने तालिम चन्द्रोदय मावि विशालटारको क्ष्ऋत् ल्यावमा सुरुभएको हो ।
यस किसिमको तालिमले शिक्षकहरुको प्रविधियुक्त सीपमा पेशागत क्षमतामा वृद्वि भई गाउँ पालिकाको शैक्षिक विकासमा महत्वपूर्ण योगदान पुग्ने लक्ष्य लिईएको शिक्षा अधिकृत बोधराज पाठक बताए ।
