
धादिङ । जिल्ला प्रशासन कार्यालय धादिङमा हामी आज बिहशान १० बजे पुग्दा सेवाग्राहीहरु कर्मचारीको पर्खाइमा लाईनमा बस्न सुरु गरिसेका थिए । अफिस समय १० बजे भनिएपनि प्रायस कर्मचारीहरु अफिस समयमा अफिस आई नपुग्ने समस्या जिल्ला प्रशासन धादिङमा पनि प्रष्टै देखियो
हामी १० बजे नै जिल्ला प्रशासन धादिङ पुगेर कुन कर्मचारी कति बजे आउँछन् भनेर कुरेर बसेका थियौं । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साल १०ः१५ मा आए भने सहायक प्रमुख जिल्ला अधिकारी मोहन बहादुर थापा र प्रशासकिय अधिकृत राजन घिमिरे आईपुग्न १०ः२० सम्म कुर्नुपर्यो । यस्तै जागरिकता एमआरपी फाँटका कर्मचारीले १०ः२० बजेबाट मात्रै काम सुरुगरेभने प्रशासन शाखा खुल्ल साढें १० कुर्नुपर्यो ।
हरेक सरकारी कार्यालयमा नगरिकले देखिने गरि सूचना अधिकारीको नाम र फोटो राख्नुपर्ने भएपनि जिल्ला प्रशासनमा त्यो देखिँदैन । यस विषयमा, मैले बनाएर राख्ने हैन अफिसले राख्दिएन मैले के गर्नु सूचना अधिकारी एवम् सहायक प्रमुख जिल्ला अधिकारी मोहन बहादुर थापा बताउँछन् ।
कर्मचारी समयमै आउनु पर्ने हैन ? तपाई पनि ढिलो आउनु भयो नि भन्ने जिज्ञासामा राख्ने उनले भने हाम्रो कामको कुरा तपाई नगर्नुहोस् । हामी आवश्यकतामा साँझ ६–७ बजे सम्म पनि अफिस मै रहने बताउँदै आज सिडीयो साप सँगै १०ः१५ मै अफिस आईपुगेको दावी गरे ।
कर्मचारी अफिस ढिलो आउने समस्या यो जिल्ला प्रशासन धादिङमा मात्रै हैन र यो विषय उठान पहिलो पनि हैन । सरकार जति परिवर्तन भएपनि एक कार्यालयबाट अर्को कार्यालयमा कर्मचारी सरुवा गराएपनि अफिस ढिला आउने, सेवाग्रहीलाई तल्लो दर्जा ठान्ने कर्मचारीहरुको स्वभाव परिवर्तनको आवस्यता बनेको छ ।






