बढ्यो कोरोनाको जोखिम, सतर्कता अपनाउन आह्वान

Avatar photo
Dhadingpost
पुस ११, २०७९

धादिङ । जिल्ला अस्पताल धादिङले विश्वव्यापी रुपमा कोरोना संक्रमणको जोखिम बढेको भन्दै मन्त्रालयले सतर्कता अपनाउन आह्वान गरेको छ । छिमेकी देशहरुमा नयाँ भेरियन्ट बीएफ-७ सहितको कोरोना संक्रमण बढिहरेकोले नेपालमा पनि उत्तिकै जोखिम बढेको जिल्ला अस्पताल धादिङले जनाएको छ ।

धादिङ अस्पतालमा आज भएको कोरोना रोकथाममो लागि पुर्व तयारीका बारेमा भएको छलफलमा प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्सालले महोत्सवमा अनिवार्य मास्क र सेनिटाईजर प्रयोग गर्न निर्देशन दिएका छन् । कार्यक्रममा अस्पतालका मेसु मधुकर दाहालले चिनमा भयावह रुप लिएको बीएफ-७ भारतमा पनि देखा परिसकेको अवस्थामा हामीले पनि सतर्कता अपनाउनु पर्ने बताएका थिए । यो भेरियन्ट छिटो धेरै जनामा फैलिने भएकाले पनि धेरै जोखिम रहेको उहाँको भनाइ छ । 

धादिङ अस्पतालको टास्क फोर्स
धादिङ अस्पतालले कोरोनाको नयाँ भेरियन्टको उपचारका लागी डा. दिनेश रेग्मीको संयोजकत्वमा स्पेसल टास्क फोर्स समेत गठन गरेको छ । गठित समितिका सदस्यहरुमा डा. रामचन्द्र रिजाल,सुचना अधिकारी बिक्रम बि.क. लेखा प्रमुख बिष्णु चापागाई,सामाजिक सेवा ईकाई प्रमुख कृष्णलाल उप्रेती, सोनु कोजु,बिमला महरा,श्याम गोम्जा, अनु हौंमिखा रहेका छन् । समितिका संरक्षकमा धादिङ अस्पताल संचालन तथा ब्यवस्थापन समितिका अध्यक्ष राजाराम रिजाल,निमित्त मेसु मधुकर दाहाल रहेका छन् ।

जिल्ला अस्पताल धादिङका अध्यक्ष राजाराम रिजालको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला स्मन्वय समिति धादिङका प्रमुख नवराज अधिकारी, प्रमुख जिल्ला अधिकारी आतिथ्यता रहेको थियो ।

कोभिड–१९ संक्रमणबाट बच्न पालना गर्ने मापदण्डहरु मास्क लगाउने, दूरी कायम गर्ने, हात धुने जस्ता कुराको पालन गर्न आग्रह गरिएको छ । साथै बुस्टर डोज खोप लगाउन बाँकी भएकालाई स्वास्थ्य संस्थामा सम्पर्क गरी खोप लगाउन आग्रह गरिएको छ ।