
धादिङ । बागमती प्रदेश स्तरीय प्रतियोगितामा मकवानपुर सँग पराजित हुँदै उपविजेता बनेको धादिङ टिमका खेलाडी वैदेशिक रोजगारीका लागि दुबई प्रस्थान गरेका छन् ।
स्थानीय तहको निर्वाचनमा म्यादी प्रहरी बनेका उनी संघ र प्रदेशको निर्वाचन समयमा अन्तरपालिका स्तरीय पालिका लिग भएकोले बेनीघाट रोराङबाट उनले खेलेका थिए ।
भद्र र अुशासित खेलाडीको सूचीमा पर्ने उनी जिल्ला लिग लग्गतै गण्डकी प्रदेश स्तरीय अण्डर १९ को लागि कास्किबाट खेलेका थिए । रोजगारीको मौका कुरि रहेका उनी अन्तत अनि वैदेशिक रोजगारीका लागि बिहिबार दुबई प्रस्थान गरेका हुन् ।
