आज सहिद जीवन थपलिया र अनिल थापाको स्मृति दिवस

Avatar photo
Dhadingpost
पुस ९, २०७९

धादिङ । त्रिपुरासुन्दरी गाउँपालिका स्थित गणेस्थान नजिकै घर भएका जिवन थपलिया र त्रीपुरासुन्दरी आगिञ्चोक कास्टेका अनिल थापालाई आजैका दिन अर्थात २०६० पौष ९ गते माओवादी कार्यकर्ता भएकै आधारमा तात्कालिन शाही सेनाले हत्या गरेको थियो । तात्कालिन नेकपा माओवादीले संचालन गरेको १० वर्षको जनजुद्धको क्रममा धादिङ त्रिपुरासुन्दरी गाउँपालिकाका जीवन थपलिया र अनिल थापाको हत्या भएको आज १८ वर्ष पुरा भएको छ ।

जनयुद्धको क्रममा त्रिपुरासुन्दरी गाउँपालिकाबाट मात्रै १९ जना माओवादी केन्द्रका कार्यकर्ताहरुले सहादत प्राप्त गरेका छन् भने २ जना दाजुभाई सुचन्द्र भण्डारी, सुवास भण्डारी हाल सम्म पनि वेपत्ता छन् ।

जीवनप्रसाद थपलीया (भवन)
सहादतः ०६० पुस ९ गते
घटना स्थलः त्रिपुरासुन्दरी आगिनचोक गणेशस्थान, धादिङ
धादिङ जिल्ला क्रान्तिको केन्द्र साविक अगिन्चोक १ मा पिता नन्द राज थपलीया माता नन्द कुमारी थपलीयाको कोखवाट वि.सं. २०१८ साल जेठ २१ गतेका दिन जीवनप्रसाद थपलीया (भवन) को जन्म भएको हो । वि.सं. २०५२ साल देखिनै भुमिगत भए २०४८ साल मै पार्टी सदस्यता प्राप्ता गरेका जीवन धादिङ नुवाकोट रसुवा किसान संघ क्रान्तिकारीको जनसरकार प्रमुख पार्टीको क्षेत्रीय इन्चार्ज जस्तो निकै महत्वपूर्ण जिम्मेवारी सम्हालेका नेता हुन् । वि.सं. २०५६ साल पुस ९ गते बिहान ६ वजे घरमा चिया खान लाग्दा सेनाले घर घेरा हाल्यो र भाग्न लाग्दा सेनाले टाउकोमा गोली हानी हत्या गरेको थियो ।

अनिल थापा (उदय )
सहादतः ०६० पुस ९ गते
घटना स्थलः त्रिपुरासुन्दरी हासेपसल धादिङ
सविक आगिञ्चोक गा.वि.स. वडा नं. ८ गाउँँमा बुबा कुल ब थापा र आमा नेत्रकुमारी थापाको कोखबाट वि २०३६ साल असार ०३ गते अनिल थापा (उदय) को जन्म भएको हो । २०५७ साल माघ १९ गते पूर्णकालिन पश्चात अ.ने.रा.स्व.वि.यू. (क्रान्तीकारी) मा रहेर काम गदैजाने क्रममा २०६० साल पुस ०९ गते धादिङ जिल्लाको त्रिप्रेश्वर गा.वि.सं. १ को गणेस्थानमा विहान बाटोमा हिडीरहेको वेला सेनाले घेराहाली गोली हानि उहाँँको हत्या ग¥यो गरेको थियो ।

त्रिपुरासुन्दरी बाट सहादत प्राप्त गर्ने सहिदहरु:
१. किष्णराज थापा, आगिन्चोक
२. सरस्वती पाण्डे सिमा, आगिन्चोक
३. सुमित्रा थापा सरु, आगिन्चोक
४. कविता श्रेष्ठ सदिक्षा, आगिन्चोक
५. इन्दिरा श्रेष्ठ अनिसा, आगिन्चोक
६. जीवनप्रसाद थपलिया भवन, आगिन्चोक
७. जीतमान श्रेष्ठ आकाश, आगिन्चोक
८. शान्ति पाण्डे आस्था, आगिन्चोक
९. नानु थापा सुविस्था, सल्यानकोट
१०. मोहनी प्रसाद सिंखडा, सल्यानकोट
११. चेतनारायण श्रेष्ठ चन्द्रप्रकाश, सल्यानकोट
१२. चक्रबहादुर श्रेष्ठ निर्मल, सल्यानकोट
१३. राजकुमार कुमाल राजाराम, सल्यानटार
१४. बीना श्रेष्ठ सञ्चिता, सल्यानटार
१५. काले सार्की, बुढाथुम
१६. राजु खड्का शक्ति, त्रिपुरेश्वर
१७. सानु गुरुङ जनता, मुलपानी
१८. राजकुमार थापा, आगिन्चोक
१९. ललित बहादुर बरुवाल, बुढाथु

x