धादिङ अस्पतालले फेरि पायो ९३ अंक, अहिले सम्म देश कै दोस्रो

Avatar photo
Dhadingpost
पुस ९, २०७९

धादिङ । बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय स्वास्थ्य निर्देशनालयले धादिङ जिल्ला अस्पतालको अनुगमन गरी फेरि ९३ अंक दिएको छ । बागमती प्रदेश सरकारले अस्पताल गुणस्तर सुधारका लागि न्युनतम सेवा मापदण्डको अवस्था अनुगमन गर्दा धादिङ अस्पतालले उक्त अंक पाएको हो ।

अनुगमन पछि फलोअप समिक्षामा अनुगमन टोलीका सदस्य एवम् टोखा अस्पतालका मेसु नविन दर्लालले नुवाकोटको त्रिशुली पछि देश कै दोस्रो नम्बरमा रहेको धादिङ अस्पतालले यो पटक पनि विभिन्न सुचाङ्कको आधारमा ९३ अंक ल्याएको घोषणा गरेका हुन् । उनले १०० अंक ल्याउन ७ अंक नपुग्नुका कारणहरु समेत समिक्षा कार्यक्रममा राखेका थिए । धादिङ अस्पताल राम्रो छ । राम्रो सेवा प्रवाह भैरहेको अनुगमनमा आफैले देखें तर ७ नम्बर नपुग्नुका पछाडी सुधारका केहि काम अझै बाँकी रहेको बताएका थिए ।

अब्जरबेशन बेड, थेरापीमा अझै विस्तार, ट्रेनिङ प्लान सँगै नियमित तालिम, कम्प्युटर सहितको पोष्टमार्टम रुम, विरामी कुरुवा घर, स्टाफको छुट्टै पोशाक चेन्जिङ रुम आवश्यकता देखिएका छन् अन्य सेवा प्रवाहभने अन्य अस्पतालले धादिङ अस्पतालबाट सिक्नु पर्ने खालको रहेको उनले बताएका थिए । नीलकण्ठ नगरपालिकाका उप मेयर दिपक विश्वकर्माको प्रमुख आतिथ्यतामा भएको उक्त समिक्षा कार्यक्रममा जिल्ला अस्पताल धादिङका अध्यक्ष राजाराम रिजाल, मेसु मधुकर दाहाल लगायत अस्पतालका स्वास्थ्यकर्मीहरुको उपस्थिति रहेको थियो ।