धादिङ महोत्सवमा आउँदै हुनुहुन्छ ? यी कुरा ख्याल गर्नोस्

Avatar photo
Dhadingpost
पुस ७, २०७९

धादिङ । आठौं धादिङ महोत्सव आजबाट धादिङबेसी स्थित खुल्ला मञ्चमा सुरुभएको छ । धादिङ उद्योग वाणिज्यले आयोजना गरेको यस महोत्सव आजबाट पुस १७ गते सम्म संचालन हुनेछ ।

तपाई धादिङ महोत्सव अवलोकनको लागि आउँदै हुनुहुन्छ भने यी कुरा ख्याल गर्नोस्
१. तपाई आफ्नो सवारी साधनमा धादिङ महोत्सव अवलोकनको लागि आउँदै हुनुहुन्छ भने पार्किङको ख्याल गर्नुपर्ने हुन्छ । विगतका महोत्सवमा जस्तो सजिलो छैन यो पटक पार्किङका लागि । तपाई झुक्कियर पनि पहिलाको वन कार्यालय र रेडक्रस अगाडी तिर पार्किङ्को लागि जानु भयो भने रेडक्रस चोक मै नगर प्रहरीद्वारा रोकिनु हुनेछ । पार्किङको लागि नगरपालिका अगाडीको चौरमा आउनुपर्ने छ ।
२. पार्किङ गरेपछि हिडेर महोत्सवमा स्थल सम्म जानु पर्ने हुन्छ । गेटमा टिकट वा पास देखाएपछि मात्रै प्रवेस पाईन्छ ।
३. महोत्सवको मुख्य आकर्षण गेट मै छ । हतार नगनु होला तपाईलाई पहिलो स्टल मै बेनीघाट रोराङ स्थित जवाङको सुन्तलाले स्वागत गरिरहेको देखिने छ ।
४. दोस्रो स्टल कृषि पर्दशनी रहेको छ । त्यसपछि सँग सँगै प्रारम्भ एग्रो कम्पनीका कृषि उत्पादन, सल्यानटारको मास, भटमास, बोडी, ज्वालामुखीको खरी पिडालु, बसुमायाँ तामाङको अचार स्टल, ग्रामिण महिला उद्यमशीलता केन्द्र नीलकण्ठले हातले उत्पादित जुत्ता चप्पलको स्टल देख्न सकिन्छ ।