
धादिङ । त्रिपुरासुन्दरी युवा समाजको आयोजनामा प्रथम सल्यानटार गोल्ड कप–२०७९ पुस २६ गते देखि हुने भएको छ । प्रतियोगिता त्रिपुरासुन्दरी गाउँपालिका १ सल्यानटारमा हुने छ ।
प्रथम पुरस्कार १,५५,५५५, द्वितीय पुरस्कार ६६, ६६६ रहेको यस प्रतियोगितामा धादिङ जिल्लाका खेलाडीहरुले मात्रै सहभागिता जनाउन सक्ने आयोजकले जनाएको छ ।
प्रतियोगितामा भाग लिनका लागि आयोजकले निम्न निम्न शर्तहरु राखेको छ ।
१. खेलाडीहरु धादिङ जिल्ला भित्रको मात्रै हुनु पर्नेछ।
२. खेलाडीको नागरिकता/पासपोर्ट/मतदाता परिचयपत्र र १/१ प्रति फोटो अनिवार्य रुपमा पेश गर्नु पर्नेछ।
३. अन्तरपालिका र जिल्ला भित्रका खेलाडी हरु समावेश भएका जुनसुकै टिम पनि दर्ता हुनेछ।
४. खेलको ट्राइसिट गोलाप्रथा द्वारा गरिने छ। उक्त समयमा प्रत्येक टिमका टिम क्याप्टेन/म्यानेजर वा कोच स्वयम् उपस्थित हुनुपर्नेछ।
५. खेल तालिकामा तोकिएको समयमा उपस्थित नहुने टिम स्वत: बाहिरिने छ।
६. अनुशासित खेलाडी र टिमलाई समेत आकर्षक पुरस्कारको ब्यवस्था गरिएको छ।
७. खेल समयावधि भर खेलाडी द्वारा कुनैपनि अनैतिक कार्यहरू गर्ने/गराउने गरेको पाइएमा आयोजकले स्वत: खेलबाट निस्कासित गरिनेछ।
८. खेलाडीहरुले धुम्रपान मध्यपान जस्ता हानिकारक चिजहरु समेत सेवन गरेको पाइएमा आयोजकले स्वत: खेलबाट निस्कासित गरिनेछ।


