
धादिङ । बेनीघाट रोराङ गाउँपालिकाले सहिद तथा वेपत्ता परिवारलाई न्यानो कपडा प्रदान गरेको छ । माओवादी केन्द्रका नेता कृष्ण बहादुर थपलिया विवेक गाउँपालिकाको अध्यक्षमा निर्वाचित भए सँगै गाउँपालिकाको पहिलो कार्यपालिका बैठकले सहिद परिवार आय आर्जन कार्यक्रम संचालन गर्ने निर्णय गरेको थियो ।
सो निर्णय अनुसार पालिका अध्यक्ष यतिबेला सहिद परिवारको घरदैलोमा पुगेर न्यानो कपडा वितरण गर्दै आईरहेका छन् । मंगलबार वडा नम्बर १० का १७ घर शहिद परिवारलाई न्यानो कपडा फाइबर सिरक वितरण गरेका थिए । आज ९ नम्बर ५ नम्बर रहेका सहिद परिवारलाई फाइबर सिरक प्रदान गरेका छन् ।
बेनिघाट रोराङका सहिद तथा वेपत्ताहरुको नामावली
सहिदहरुः इन्द्रबहादुर थपलिया, रामहरि थपलिया, राजकुमार थपलिया, गोकर्ण गिरी, भिम गिरी, फुलमाया नेपाली, होमबहादुर सेढाई, ठाकुर सिंह तामाङ, टेकबहादुर बिक, सानुकान्छा बिक, राजकुमार बिक, भिबमहादुर थापामगर, मञ्जु थापा मगर, गोकर्ण गुरुङ, टकबहादुर गुरुङ, चित्रबहादुर चेपाङ, शेरबहादुर चेपाङ, कुम्ले चेपाङ
रामबहादुर चेपाङ, दिद चेपाङ, विकास चेपाङ, सानोकान्छा चेपाङ, बुद्धबहादुर चेपाङ र राजकुमार श्रेष्ठ
वेपत्ताहरुः अमृत कडेल, राजेन्द्र बराम
