न्यु किवोमा कबड्डी च्याम्पियनसिप सम्पन्न

Avatar photo
Dhadingpost
पुस १, २०७९
smart

धादिङ । धादिङबेसी पुछारबजारमा रहेको न्यु किवोले विद्यालय स्तरीय कबड्डी च्याम्पियनसिप २०७९ सम्पन्न गरेको छ ।

प्रतियोगितामा जिल्ला खेलकुद बिकास समिति धादिङका अध्यक्ष प्रतापसिङ तामाङको प्रमुख आतिथ्यता, कबड्डी क्लब धादिङका अध्यक्ष रत्नेश यादब, सचीव कृष्ण रिजालको आतिथ्यता रहेको थियो ।

कक्षा ६ देखि १० सम्म अध्ययनरत बिद्यार्थीहरु सहभागी कबड्डी प्रतियोगीतामा सदनात्मक रुपमा जम्मा ८ टिम सहभागी भएका थिए।

प्रतियोगितामा छात्र तर्फ ग्रीन हाउसका (हरियो सदन) विरुद्ध ९३ स्कोर प्राप्त गरि रेड हाउस (रातो सदन) च्याम्पियन भएको थियो भने छात्रा तर्फ ग्रीन हाउस (हरियो सदन) विरुद्ध ५३ स्कोर प्राप्त गरि रेड हाउस (रातो सदन) च्याम्पियन भएको विद्यालयका प्रिन्सिपल प्रयास रेग्मीले धादिङपोष्टलाई बताए ।