
धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर १ सल्यानटार रानीपौवा स्थित गैरी गाउँको अन्दाजी २०० वर्षको इतिहास बोकेको चौतारोमा डोजर लगाई बर पिपल हटाईएको छ ।
जिल्ला वन कार्यालयलाई कुनै जानकारी नगराई चौतारो हटाउन वडाले अनुमति दिएको हो । नोपली काग्रेसबाट चुनाव जित्दै वडा अध्यक्ष बनेका भिम प्रसाद भट्टले धादिङपोष्ट सँग कुरा गर्दै भने मैले स्थानीय दलका नेताहरुलाई सोधे सबैबाट चौतारो भत्काउदा राम्रो हुन्छ भन्ने आयो । गाउँपालिकालाई पनि जानकारी दिएको छु चौतारो वडाकै अनुमतिमा ठेकेदारले भत्काएको हो ।
स्थानीय विष्णुहरि अधिकारीका अनुसार १३ मिटर सडक क्षेत्रमा उक्त चौतारो परेपनि चौतारो छलेर पनि १३ मिटरको सडक बनाउन मिल्ने हुँदा हुँदै पनि चौतारो भत्काईएको छ । यता त्रिपुरासुन्दरी र रुबीभ्याली गाउँपालिका कार्य क्षेत्र रहेका डिभिजन वन कार्यालय धादिङका सहायक वन अधिकृत राजकुमार ठाकुरले यस विषयमा वन कार्यालयलाई थाहा नभएको बताए । चौतारो सम्बन्धी छुट्टै कानुन छ सजिलै चौतारोको भत्काउन नपाईने उनले धादिङपोष्टलाई बताए ।
चौतारो इतिहास
करिब पाँच हजार वर्ष अघि युरोपियन र अरवियन व्यापारी नेपालको बाटो हुँदै तिब्बत तथा चीनसम्म व्यापार गर्न जाने गर्दथे । त्यस समयमा नै मानव सेवाप्रति अभिप्रेरित भई बाटोमा वरपिपल रोपेर चौतारा निर्माण गर्न सुरु गरिएको इतिहासविद्हरु बताउँछन् । नेपालमा पनि झण्डै पाँच हजार वर्ष अघिदेखि मृतकका आफन्तले मृतकको सम्झनामा चौतारा र पाटीपौवा निर्माण गर्न थालेको पाइन्छ । बटुवा आएर बिसाउँदा र आराम गर्दा मृतकको आत्माले शान्ति पाउने र स्मरण समेत हुने भएकाले चौतारामा बर पिपलका विरुवाहरु रोप्ने चलन समेत रही आएको छ ।

