बागमतीमा माओवादीको संसदीय दलको नेता बन्न जमकट्टेल र पौडेलको दाबी

Avatar photo
Dhadingpost
मंसिर २८, २०७९

धादिङ । बागमती प्रदेश सरकारको मुख्यमन्त्री बन्ने लक्ष्य सहित धादिङ १ को प्रदेश २ बाट चुनाव जितेका शालिकराम जमकट्टेल संसदीय दलको प्रमुखका लागि बलिया दावेदार हुन् । सहमति मै संसदीय दलको नेता आफुलाई पार्टीले बनाउने दावी जमकट्टेलको छ तर सरल सहयात्री पौडेल पनि संसदीयदलको नेता बन्ने इच्छा देखाएका छन् ।

माओवादी केन्द्रको कुल २१ सांसद भएको बाग्मती प्रदेशमा संसदीय दलको नेता नै मुख्यमन्त्री हुने भएकाले पनि यो प्रदेशमा दुई नेताबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको हो । यद्यपि गठबन्धनको भागबण्डामा मुख्यमन्त्री कसको भागमा पर्छ भन्ने टुङ्गो लागेको छैन ।

बाग्मती प्रदेशमा माओवादीले प्रत्यक्षमा १४ सिट र समानुपातिकमा ७ गरी २१ सिट जितेको छ । प्रत्यक्ष चुनाव जित्नेमा सरल सहयात्री पौडेल, युवराज दुलाल,युवराज चौलागाई, मातृकाप्रसाद भट्टराई, तारानायण श्रेष्ठ, इन्द्रप्रसाद गोतामे, शालिकराम जमरकट्टेल, राधिका तामाङ, रामप्रसाद ढुंगाना, रत्न ढकाल, प्रेमबहादुर पुलामी, कुमारी मोक्तान छन् ।

माओवादीको चुनाव चिन्ह लिएर नेपाल समाजवादी पार्टीका नेता गंगानारायण श्रेष्ठ समेत निर्वाचित भएकाले प्रत्यक्षमा १४ सिट जितेको हो । यस्तै समानुपातिकमा देवेन्द्र श्रेष्ठ, उर्मिलाकुमारी लामा, भुवनेश्वरी श्रेष्ठ, शुष्मा भुजेल, ईश्वर सापकोटा, अमृता नेपाल रुकु चौलागाई छन् ।

x