धादिङका आदर्श पुरुष सोमदास श्रेष्ठको निधन

Avatar photo
Dhadingpost
मंसिर २७, २०७९

धादिङ । धादिङको कम्युनिष्ट आन्दोलनलाई प्यारो मान्ने आदर्श पुरुषका रुपमा परिचित गजुरी निवासी सोमनास श्रेष्ठको ६९ वर्षको उमेरमा असामहिक निधन भएको छ ।

माओवादी केन्द्र धादिङका नेता पुष्प विक्रमम मल्लका सारथी श्रेष्ठ, लामो समयदेखि शिक्षण पेशामा रहेकोले राजनैतिक फिल्डमा भने प्रत्यक्ष जोडिएका थिएनन् ।

आदर्श माध्यमिक विध्यालय गजुरी गाउँपालिका १ का निवर्तमान सहायक प्रधानाध्यापक एवम् एकीकृत अखिल नेपाल शिक्षक संगठन धादिङका संस्थापक सदस्य, केन्द्रीय समितिका पुर्व सल्लाहकार समेत रहेका श्रेष्ठको आज काठमाडौंमा असामहिक निधन भएको एकीकृत अखिल नेपाल शिक्षक संगठन धादिङका वरिष्ट उपाध्यक्ष तिलक चेपाङले धादिङपोष्टलाई बताए ।