
काठमाडौं । प्रचण्डले चुनाव अघि आफ्नो कामको सूचिमा बुढीगण्डकी जलविद्युतको कामलाई द्रुतगतिमा बढाईने बताएका थिए । यहि कामलाई लिएर धादिङ र गोरखाका जनप्रतिनीधिहरु प्रचण्डलाई भेट गरेका छन् ।
भेटमा प्रचण्डले संघीय सरकार गठन सँगै बुढीगण्डकी जलविद्युतको काम द्रुतगतिमा अगाडी बढाईने बताएका छन् । प्रचण्ड सँगको भेटपछि धादिङ २ का सांसद एवम् नेपाली कांग्रेस धादिङका सभापति धादिङ रामनाथ अधिकारीले भेटको जानकारी दिँदै फेसबुकमा स्टाटस पनि लेखेका छन् ।
उनले भेटपछि लेखेका छन् । बुढिगण्डकी जलविद्युत आयोजनाको विषयमा आयोजना प्रभावित क्षेत्रका धादिङ जिल्ला र गोरखा जिल्लाको स्थानियतहका जनप्रतिनिधिहरू सहित गोरखा जिल्ला र धादिङ जिल्लाबाट प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पूर्वप्रधानमन्त्री मा. पुष्पकमल दाहाल, नेपाली कांग्रेसका युवा नेता मा. राजेन्द्र बजगांई र मेरो उपस्थितिमा यो आयोजनालाई प्राथमिकतामा राखेर काम गर्न एक “द्रुत कार्यन्वयन मार्गचित्र” बनाउन आयोजनकै सेरोफेरोमा एकता गोष्ठी गर्ने र त्यस अनुसार यसको निर्माण कार्य तत्कालै शुरुवात गर्न, आयोजनाबाट प्रत्यक्ष रुपमा बिस्थापित नागरिकको पूनर्वास कार्यक्रम शुरूवात गर्न र मुआब्जा वितरणमा देखिएको त्रुटिलाई तत्काल सच्याउनको लागि आवश्यक परामर्श गरियो । अब बन्ने संघीय सरकारले यो आयोजनालाई द्रुतगतिमा अगाडी बढाउनको लागि आवश्यक ऎन कानुन निर्माण गर्ने तथा बजेट विनियोजन गराउने कार्यको लागि सदनमा मुख्य भुमिका निर्वाह गर्ने प्रण गर्दछु ।
