फाईनलका लागि आज अर्जेन्टिना र क्रोएसिया भिड्दै

Avatar photo
Dhadingpost
मंसिर २७, २०७९

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलको सेमिफाइनल खेलहरु आज मंगलबारबाट सुरु हुँदैछ । कतार विश्वकपको पहिलो सेमिफाइनलमा आज राति अर्जेन्टिना र क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ । अर्जेन्टिना र क्रोएसियाबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ ।

अर्जेन्टिना लियोनल मेस्सीको कप्तानीमा हुने भने क्रोएसियाको कप्तानी लुका मोड्रिचले गर्नेछन् । अर्जेन्टिना क्रोएसियालाई हराएर छैटौं पटक विश्वकपको फाइनल पुग्ने योजनामा रहेको छ । अर्जेन्टिनाले दुई पटक विश्वकप जितिसकेको छ । क्रोएसियाले विश्वकप उपाधि जित्न सकेको छैन ।

अर्जेन्टिना र क्रोएसियाबीच पछिल्लो पटक २०१८ को विश्वकपमा प्रतिस्पर्धा भएको थियो । समूह चरणको भेटमा क्रोएसियाले अर्जेन्टिनालाई ३-० ले हराएको थियो ।

यस्तै अर्को सेमिफाईल खेल भोली अर्थात बुधबार राती १२ः४५ बजे मोरक्को र फ्रान्सबीच हुने छ । ब्राजिललाई हराउँदै सेमिफाईनल पुगेको मोरक्को र इंल्याण्डलाई पछि पार्दै सेमिफाईनल पुगेको फ्रान्स बीचको सेमिफाईनलमा जो जित्छ उ फाईनल खेल्ने छ ।