सिद्धलेकमा पालिका स्तरिय १५ शैयाको अस्पतालको काम अब अगाडी बढ्छ -मन्त्री जमकट्टेल

Avatar photo
Dhadingpost
मंसिर २५, २०७९

धादिङ । सिद्धलेक गाउँपालिका स्तरीय १५ शैयाको अस्पताल नलाङ बैरेनीमा बन्ने काम अब अगाडी बढ्ने बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्कटेलले बताएका छन् ।

दुई पटक सम्म बागमती प्रदेश सरकारको तर्फबाट १–१ करोड पैसा पठाईयो यस अघिको स्थानीय सरकार उदासिन बन्दा रकम फ्रिज भएको चुनावी सभामा समेत बताउँदै आएका मन्त्री जम्कटेलले आज अस्पताल बन्ने ठाउँ नलाङ बैरेनीको स्थलगत अवलोकन गर्दै अब तत्काल अस्पतालको निमार्णको काम अगाडी बढ्ने बताएका हुन् ।

उनले निमार्ण स्थलबाटै गाउँपालिकाका कर्मचारीलाई फोन गर्दै यसअघिको डिपीआर र आवश्यक बजेट माग गर्दै प्रदेशलाई पत्रचार गर्न समेत आग्रह गरेका थिए । अब बागमती प्रदेश सरकार बन्नासाथ सिद्धलेकको पालिका स्तरीय १५ शैयाको अस्पताल बनाउन बजेट विनियोजित गरिने समेत मन्त्री जम्कटेलले प्रतिवद्धता जनाएका थिए ।

यस्तो बन्ने छ नलाङ बैरेनीमा सिद्धलेक पालिका स्तरीय १५ शैयाको अस्पताल

२०७६ सालमा डीपीआर गरि काम अगाडी बडेको भनिएको सिद्धलेक पालिका स्तरीय अस्पताल पहिलो वर्षको १ करोड मैदान सम्याउँदैमा सकिएको र अर्को पटकको १ करोड वजेट कमभएको भदै गाउँपालिकाले काम अगाडी नबढाउँदा फ्रिजभएको थियो ।