
धादिङ । थ्रेस होल्ड कटाउन नसकेर राष्ट्रिय पार्टी बन्न नसकेको एकीकृत समाजवादीले प्रदेश तर्फ समानुपातिक सांसदको सूची निर्वाचन आयोगलाई बुझाएको छ । जसमा धादिङ मलेखु निवासी मायादेवी शर्माको नाम पनि उल्लेख गरिएको छ ।
बागमती प्रदेशबाट समानुपातिक दुई जना प्रदेश सांसद बनाएको एकीकृत समाजवादीले धादिङ मलेखु निवासी एवम् पार्टी केन्द्रिय सदस्य शर्मालाई प्रदेश सांसदमा चयन गरेको हो । यद्यपी निर्वाचन आयोगले प्रमाणिकरण गर्न भने बाँकी नै रहेको छ ।
समानुपातिक तर्फ नेकपा एसले प्रदेश १ मा १, मधेशमा ३, बागमतीमा २, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा १र१ सीट पाएको थियो ।
प्रदेश नम्बर १
आदिवासी जनजाति
विद्या चाम्लिङ राई
मधेस प्रदेश
रत्नेश्वर गोइत यादव
किशोरी देवी
लक्ष्मीदेवी
बागमती प्रदेश
ओमकुमारी श्रेष्ठ
मायादेवी शर्मा
लुम्बिनी
भगवती घिमिरे
कर्णाली
कल्याणी खड्का
सुदूरपश्चिम
माया पन्त
