
धादिङ । धादिङको त्रिपुरासुदरी गाउँपालिका स्थित सल्यानटारमा ५ दिन सम्म चलेको आखाँ शिविरमा १३० जनाको मोतिबिन्दुको शल्यक्रिया गरिएको छ ।
नेपाल नेत्रज्योति संघ भरतपुर आँखा अस्पताल र नरसिंह धाम आँखा उपचार केन्द्र सल्यानटारद्वारा सन्चालन गरको उक्त आँखा शिविरमा ८०१ जना ले आँखा जाँच गराएका थिए ।
