आज ब्राजिल र क्रोएसिया, अर्जेन्टिना र नेदरल्यान्ड्स भिड्दै

Avatar photo
Dhadingpost
मंसिर २३, २०७९

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा आज शुक्रबारबाट क्वाटरफाइनलका खेलहरु सुरु हुँदैछ । कतार विश्वकप अन्तर्गत शुक्रबार दुई क्वाटरफाइनल खेलहरु हुनेछन् ।

पहिलो क्वाटरफाइनलमा ब्राजिल र क्रोएसियाबीच आज राति ८:४५ बजे प्रतिस्पर्धा हुनेछ भने दोस्रो क्वाटरफाइनल खेल अर्जेन्टिना र नेदरल्यान्ड्सबीच आज राति १२:४५ बजे प्रतिस्पर्धा हुनेछ ।

ब्राजिलले राउण्ड अफ १६ मा दक्षिण कोरियालाई हराएको थियो ।

साविक उपविजेता क्रोएसियाले जापानलाई हराएको थियो भने, अर्जेन्टिनाले राउण्ड अफ १६ मा अष्ट्रेलियालाई हराएको थियो ।यस्तै नेदरल्यान्ड्सले अमेरिकालाई हराएको थियो ।