धादिङ जिल्ला स्तरीय पुरुष भलिबलको फाईनल भोली हुने

Avatar photo
Dhadingpost
मंसिर २२, २०७९

धादिङ । धादिङ जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिताको फाईलन भोली अर्थात मंसिर २३ गते हुने आयोजकले जनाएको छ ।

जिल्ला भलिबस संघ धादिङले आयोजना गरेको यस प्रतियोगिताको आज सम्पन्न क्वाटरफाईनल खेलबाट रुबीभ्याली गाउँपालिका, खनियाबास गाउँपालिका, गंगाजमुना गाउँपालिका र सिद्धलेक गाउँपालिका सेमिफाईनल पुगेका छन् ।

भोली पहिलो सेमिफाईनल खेल बिहान ९ बजे गंगा जमुना र खनियाबास गाउँपालिका बीच हुनेछ भने दोस्रो सेमिफाईनल खेल १० बजे हुने आयोजकले जनाएको छ । सेमिफाईनल विजेता बीच फाईनल खेल दिउँसो १ बजे हुने बताईएको छ ।