
धादिङ । धादिङ जिल्ला अस्पतालले आफ्नो ४६ औं वार्षिक उत्सवको अवसरमा आयोजना गरेको साता व्यापी स्वास्थ्य शिविर अन्तरगत डेन्टल स्क्रिनिङ शिविर भोली बिहिबार सम्म हुनेछ ।
अस्पतालका सूचना अधिकारी बिक्रम विकका अनुसार शिविरमा डायबेटिज र प्रेसर रोग स्क्रिनिङ भोलि सम्म गरिने छ । यस्तै २३ गते सम्म स्थायी बन्ध्याकरण सेवाको बारेमा परामर्श, २४ गते सम्म मनोसामाजिक मनोपरामर्श सेवा र २५–२६ गते मुटुरोग सम्बन्धी चेक जाँच गरिने छ ।

