
धादिङ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्य समिती धादिङको सातौं अधिबेशनबाट कमला गैरे पुन अध्यक्षमा निर्विरोध निर्वाचित भएकी छिन् ।
- यसरी सम्पन्न भएको थियो ३ वर्ष अघि छैटौं अधिबेशन
धादिङबेसी स्थित क्रिक रिसोर्टमा दर्शन भन्दा बढी राष्ट्रिय कलाकारहरुको सहभागितामा सम्पन्न उक्त अधिबेशनले कमला गैरेको अध्यक्ष अध्यक्ष रहेको २७ सदस्यीय कार्य समिति चयन गरेको हो ।
सातौं अधिवेशनबाट निर्विरोध निर्वाचित कार्यसमितिको नामावली
अध्यक्ष: कमला गैरे थापा
प्रथम उपाध्यक्ष: प्रकाश विनायक
द्धितिय उपाध्यक्ष: संगीत सुवेदी
महिला उपाध्यक्ष: विन्दा परियार
कोषाध्यक्ष: सरु थापामगर
सचिव: अविरल मगर
सह कोषध्यक्ष: सुमित्रा तामाङ
सह सचिव: राजु पौडेल
सदस्यहरुमा
सन्दिप तामाङ, लक्ष्मी खड्का, प्रदिप बराईली, हेम थापा मगर, सुरेन्द्र राना मगर, चन्द्रकुमारी राना, सृजना राना मगर, दिपक आले मगर, विकास सुन्दास, सृजना रिजाल, उर्मिला आले, विर बहादुर गुरुङ, कुलबहादुर थापामगर, प्रदिप रुपाखेती, अन्जना आलेमगर, तेज बहादुर थापामगर, कान्छा शाही, धर्मराज लोहनी, प्रकाश कार्की ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान धादिङका अध्यक्ष कमला थापा गैरेको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन समारोहमा नगर प्रमुख भीम प्रसाद ढुंंगानाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नगर उपप्रमुख दिपक विश्वकर्मा, प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्त, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका केन्द्रिय अध्यक्ष रमेश बिजी, संस्थापक अध्यक्ष अम्मर गुरुङ, प्रतिस्ठानका केन्द्रिय, प्रदेश तथा जिल्ला तहका कार्यसमितिका पदाधिकारीहरुको आतिथ्यता रहेको थियो ।
