
काठमाडौं । जारी फिफा विश्वकप फुटबलमा आज सोमबार राउण्ड अफ १६ अन्तर्गतका दुई खेलहरु हुँदैछन् । पहिलो खेलमा जापान र क्रोएसियाबीच अल जानुब स्टेडियममा जापान र क्रोएसियाबीचको खेल राति ८:४५ बजे सुरु हुनेछ भनेदोस्रो ब्राजिल र दक्षिण कोरियाबीच राति १२:४५ बजे सुरु हुनेछ ।
जापान क्रोएसियाविरुद्ध पनि सोही नतिजा निकाल्दै क्वाटरफाइनलमा पुग्न चहान्छ । दुई विश्व च्याम्पियन सन् २०१० (स्पेन) र २०१४ (जर्मनी) लाई एकै संस्करणमा हराउन सफल जापान अर्काे सनसनी पूर्ण नतिजा निकाल्ने लक्ष्यमा हुनेछ ।
यता, विश्व उपविजेता क्रोएसिया पनि जापानमाथि आँफु अनुकुल नतिजा निकाल्दै क्वाटरफाइनल पुग्ने लक्ष्यमा हुनेछ । अनुभवी खेलाडीको बाहुल्यता रहेको क्रोएसिया त्यही अनुभवलाई प्रयोग गर्दै कमब्याक किङको छवि बनाएको जापानलाई हराएर क्वाटरफाइनलमा पुग्न चहान्छ ।
दक्षिण कोरियाविरुद्ध मैदान उत्रदा ब्राजिल आफ्नो खेलाडीको चोटलाई बिर्सदै जितको लक्ष्यमा हुनेछ । सर्वियासँगको पहिलो खेलमै स्टार फरवार्ड नेयमारलाई गुमाएको ब्राजिलले त्यसपछि अन्य तीन खेलाडीलाई समूह चरणको खेलको अन्त्यसँगै अन्य दुई खेलाडीलाई गुमाइसकेको ब्राजिल लयमा रहेको दक्षिण कोरियालाई पाजित गरेर अघि बढ्न चहान्छ ।
छैटौंपटक विश्व च्याम्पियन बन्ने अभियानमा रहेको ब्राजिललाई चोट महँगो पर्न सक्नेछ । तर, यस खेलका लागि नेयमार फर्कने ब्राजिलका मुख्य प्रशिक्षक टिटेले जनाएका छन्
